दफा १००
संशय कर निर्धारण
(१) दफा ९६ को उपदफा (५) बमोजिम कुनै आय वर्ष वा कुनै आय वर्षको कुनै अंशको आय विवरण दाखिला गर्नुपर्ने भएमा दफा ९९ बमोजिम गर्नु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ९६ को उपदफा (५) मा उल्लिखित अवस्थामा विभांगले कुनै आय वर्ष वा उक्त वर्षको अंशको लागि दफा ९६ को उपदफा (२) को खण्ड

(क) को उपखण्ड (१), (२), र (३) मा उल्लिखित रकमको आधारमा न्यायोचित रूपले त्यस्तो व्यक्तिको कर निर्धारण गर्न सक्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम कर निर्धारण गरिएकोमा देहाय बमोजिम हुनेछः-

(क) पूरा आय वर्षको कर निर्धारण गरिएको व्यक्तिले सो आय वर्षको लागि दफा ९६ को उपदफा (१) बमोजिमको आय विवरण दाखिल गर्नुपर्ने छैन, वा

(ख) कुनै आय वर्षको अंशको कर निर्धारण गरिएको व्यक्तिले दफा ९६ को उपदफा (१) बमोजिम सो आय वर्षको आय विवरण दाखिल गर्नु पर्नेछ ।

(४) कुनै आय वर्षको कुनै अंशको कर निर्धारण अनुसार दाखिला गरेको कर रकम पूरा वर्षको कर निर्धारण गर्दा लाग्ने करमा मिलान गर्न पाइनेछ ।

(५) यस दफा बमोजिम कर निर्धारण गर्दा विभागले सफाईको सबुत प्रमाण पेश गर्न सात दिनको म्याद दिनु पर्नेछ ।